परिवारसँग दुई वर्षको टाइम मागेर मोडलिङमा होमिएकी सञ्जु

राम्रो अनलाइन     २१ माघ २०८१, सोमबार
परिवारसँग दुई वर्षको टाइम मागेर मोडलिङमा होमिएकी सञ्जु

 

काठमाडौं दक्षिणकालीकी २४ वर्षिया सञ्जु केसीले ट्रिनिटी कलेजबाट सीएसआईटी विषयमा स्नातक गरेकी छिन् । मास्टर्स ज्वाइन गर्नुपर्ने बेलामा उनी अहिले मोडल हन्टमा प्रतिस्पर्धी छिन् । उनले अभिभावकसँग आफूलाई औधी रुची भएको क्षेत्र मोडलिङमा एक्स्प्लोर गर्नका लागि दुई वर्षको टाइम मागेकी छिन् । ‘मैले बाब ममीसँग दुई वर्ष मेरो रुचीको क्षेत्रमा केही गर्न टाइम दिनुस भनेर अनुरोध गरेको छु । मेरो अनुरोधलाई उहाँहरूले स्वीकार गर्नुभएको छ, सञ्जु भन्छिन्, ‘म यी दुई वर्षमा मोडलिङमा केही गरेर देखाउने दृढताका साथ मेहनेत गर्नेछु ।’

सञ्जुलाई मोडलिङमा सानै देखि रुची थियो । ‘मोडलहरूले कन्फिडेन्टका साथ ¥याम्पवाक गरेको दृश्य, सबैले मोडललाई हेरिरहेको दृश्य हेर्दा म भुतुक्कै हुन्छु सञ्जु भन्छिन्, ‘त्यो स्टेजवाला फिलको आनन्द लिन र मोडलिङमा केही गरेर देखाउन मैले यो प्रतियोगितामा भाग लिएको हुँ ।’ स्कुल तथा कलेजमा आयोजना हुने गायन, नृत्य, नाटक आदि कार्यक्रममा भाग लिँदै आइरहेकी उनले सन् २०२४ मा पनि प्याजेन्टमा भाग लिएकी थिइन् । त्यो कार्यक्रमबाट आफूमा अझै कन्फिडेन्ट बढेको उनले बताइन् । 

मोडल हन्टको ग्रुमिङ क्लास लिन थालेपछि उनमा कन्फिडेन्ट बढ्दै गएको छ । रनवे मोडलिङका लागि चाहिने स्किलहरूको बारेमा नलेज बढ्दै गइरहेको छ । उनी मोडलिङमा करिअर बनाउनकालागि लागेको बताउँछिन् । मोडलिङमा रुची भएका कारण उनलाई मोडल हन्ट र आयोजक संस्था नेक्स्ट मोडलको बारेमा धेरै पहिलादेखि नै जानकारी थियो । मानसिक रूपमा तयारी गरेर आत्मविश्वासका साथ प्रस्तुत हुँदा मोडलिङमा केही गर्न सकिने विश्वास उनमा रहेछ । उनको रोलमोडल मोडल हन्टकी कोरियोग्राफर सविता कार्की हुन् । 

 

प्रतिक्रिया