प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाइने

राम्रो अनलाइन     १४ माघ २०८०, आइतबार

बैठकले मुलुकको शान्तिसुरक्षालाई थप सुदृढ बनाउने निष्कर्ष निकाल्दै सङ्घीय गृह मन्त्रालय र प्रदेशका सुरक्षासँग सम्बन्धित मन्त्रालयले थप सहकार्य गर्ने निर्णयसमेत गरेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। 

गृह मन्त्रालयले र प्रदेश सरकारबीच समन्वय र सहयकार्यलाई थप मजबुद बनाउने बैठकको निर्णय छ । ‘बैठकले प्रहरी समायोजन ऐन र नेपाल प्रहरी तथा प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय गर्ने) सम्बन्धी ऐनलाई समयानुकूल बनाउने तथा शान्ति सुरक्षासँग महत्व राख्ने नेपाल प्रहरी ऐन, स्थानीय प्रशासन ऐनलाई यथाशीघ्र निर्माण गर्ने निर्णय गरेको छ’, उनले भने। 

प्रतिक्रिया