प्रेसिका चौधरी भन्छिन् : ‘मेरो बडी मोडलिङकालागि सुट गर्ने खालको छ’

राम्रो अनलाइन     २१ माघ २०८१, सोमबार
प्रेसिका चौधरी भन्छिन् : ‘मेरो बडी मोडलिङकालागि सुट गर्ने खालको छ’

 

दाङकी २४ वर्षिया प्रेसिका चौधरी ल्याब टेक्निसियन हुन् । उनलाई रनवे मोडलिङमा विशेष रुची छ । उनले चितवनमा चार/पाँच वटा रनवे मोडलिङ गरेकी थिइन् । उनले अलि ठूलो प्लेटफर्म खोज्दै मोडल हन्ट प्रतियोगितमा आइपुगेको बताइन् ।  

अडिसन दिने बेलासम्म उनले अभिभावकलाई आफू मोडल हन्ट प्रतियोगितामा भाग लिन लागेको जानकारी दिएकी थिइनन् । ट्रेनिङ सुरु भएपछि उनका अभिभावकले थाहा पाउनु भएको थियो । अहिले बाबा ममीले पनि सर्पोट गर्नु भएको छ प्रेसिका भन्छिन् । 

नियमित योगा गर्ने उनी आफ्नो बडी मोडलिङका लागि सुट गर्ने खालको रहेको बताउँछिन् । ट्रेनिङका क्रममा उनले रनवेवाक, बडी प्रोस्चर, आफूलाई प्रस्तुत गर्ने तरिका, सोसल मिडिया कसरी प्रिजेन्ट हुने आदि सिकेको बताइन् । उनले भविष्यमा मोडलिङलाई पनि अन्य कामसँगै अघि बढाउने योजना बनाएकी छिन् । 

 

प्रतिक्रिया