प्रेस युनियनमा लम्साल 

राम्रो अनलाइन     ०९ साउन २०७९, सोमबार
प्रेस युनियनमा लम्साल 


हेटौँडा– लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनको महाधिवेशनबाट अध्यक्ष पदमा शिव लम्साल ७४५ मल ल्याएर विजयी भए। अध्यक्षका अर्का प्रत्यासी अनिता विन्दुलाई १३३ मतले पराजित गर्दै लम्साल निर्वाचित भएका हुन् । 

नव निर्वाचित अध्यक्ष लम्साल युनियनका पूर्वमहासचिव र निवर्तमान सल्लाहकार थिए । आठ वर्षअघि पोखरामा सम्पन्न आठौँ महाधिवेशनमा बद्री सिग्देलबाट पराजित भएपछि लम्साल युनियनको सल्लाहकार भएका थिए । 

अधिकांश पदाधिकारी पनि उनकै प्यानलबाट निर्वाचित भएका छन्। हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट युनियनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा, महिला उपाध्यक्षमा सलोजा दाहाल, महासचिवमा दिलीप पौडेल र कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन्। 

प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट डिल्लीराम खतिवडा, मधेश प्रदेशमा अनिलकुमार कर्ण, बागमतीमा मुरारी अधिकारी, गण्डकीमा ऋषिकान्त पौडेल, लुम्बिनीमा माधव अर्याल, कर्णालीमा राजेन्द्रबहादुर कार्की सुदूरपश्चिममा प्रेम चुनारा र उपत्यका उपाध्यक्षमा जीवन भण्डारी निर्वाचित भएका छन् । 

प्रतिक्रिया