प्रेम उत्सवमा सुन्दर देखिन ब्युटी एक्सपर्टको सुझाव

गीता गिरी, ब्युटी एक्सपर्ट     ०२ फागुन २०७७, आइतबार
प्रेम उत्सवमा सुन्दर देखिन ब्युटी एक्सपर्टको सुझाव

रेड हट लुक 

अइल कन्ट्रोल जेल क्लिन्जरले अनुहार सफा गरेपछि मेटिफाइङ लोसन (म्वाइस्चराइजर) लगाउने। फाउन्डेसनलाई अनुहारमा राम्ररी दल्ने र मिडियम टोन भएको क्रिम कन्सिलर लगाउने। बेसलाई सेट गर्न लाइट मिडियम टोनवाला प्रेस्ड पाउडर प्रयोग गर्ने। 

भ्यालेन्टाइन्स डेका लागि मेकअप गर्दा आई मेकअपमा सबैभन्दा बढी ध्यान दिनुपर्छ। किनकि, सुन्दर आँखाले सबैको ध्यान आकर्षित गर्छ। सधैँ एउटै किसिमको आई मेकअप गर्नुभन्दा केही फरक किसिमको आई मेकअप गर्नु राम्रो हुन्छ। दिनको पार्टीको लागि हो भने हल्का आइस्याडोको टच दिने र कालो लाइनर लगाउने। आँखालाई अझै बढी आकर्षक लुक दिन मस्काराको प्रयोग गर्न सकिन्छ। 

नाइट पार्टीका लागि हो भने स्मोकी, गोल्डेन र सिमर मेकअप उपयुक्त मानिन्छ। रातो पहिरनसँग मिलाउन चाहनेले रातो सेड्सको प्रयोग गर्न सक्नेछन्। लिपस्टिक भने रातो रङको नै सुहाउँछ। त्यसलाई साइनी देखाउन चाहनेले लिपस्टिकमाथि लिपग्लस लगाउँदा राम्रो। 

आँखालाई आकर्षक देखाउन सिएनासेड परेलामा लगाउने र एउटा सफा ब्रसले नचाहिने स्याडो हटाइदिने। त्यसपछि आइलाइनरले परेलाको माथिपट्टि पातलो रेखा खिच्ने। परेलालाई बाक्लो र मोटो बनाउन भोल्युम बिल्डिङ मस्कारा दुई कोट लगाउने। मरुन सेडवाला लिपलाइनरले ओठलाई सही आकार दिने। गाला उठेको भागमा प्लेन रोज सेडको पाउडर ब्लस लगाउने। 

ड्र्यामाटिक लुक 

अनुहार सफा गरेपछि अइल म्वाइस्चराइजिङ फाउन्डेसन लगाएर राम्ररी दल्ने। त्यसपछि मिडियम टोनवाला क्रिम कन्सिलर लगाउने। त्यसमाथि लाइट मिडियम प्रेस्ड पाउडर लगाउने। 

आँखालाई सुन्दर बनाउन आँखा माथिको भागमा पाउडर स्याडो लगाउने। त्यसपछि आइलाइनरले पातलो रेखा तानेर परेलामा हाई डेफिनेसन मस्कारा लगाउने। त्यसपछि न्युट्रल लिपलाइनरले ओठलाई आकार दिँदै अल्ट्रासाइन लिपग्लस लगाउने। गालामा पाउडर ब्लस लगाउने। 

न्युट्रल लुक 

अनुहार सफा गरिसकेपछि हाइड्रेटिङ टोनर लगाएर म्वाइस्चराइजर लगाउने। त्यसपछि म्वाइस्चराइजिङ फाउन्डेसन प्रयोग गर्ने र मिडियम टोनवाला प्रेस्ड पाउडर लगाएर आँखाको माथिपट्टि पाउडर सिएनासेड लगाउने।

धेरै कलर भएको इनक्वेल आइलाइनरले आँखामाथि पातलो रेखा तानेपछि भोल्युम बिल्डिङ मस्कारा लगाउने। फेरि अटोमेटिक लिपलाइनर न्युट्रल सेड्सले ओठमा सही आकार दिएर जिन्जर सेटवाला लिपिस्टिक लगाउने। गालामा पाउडर ब्लस लगाउने। 

प्रतिक्रिया