प्रधानमन्त्री ओलीले सोमबार तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्ने

राम्रो अनलाइन     ०३ फागुन २०७७, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धि सोमबार सिंहदरबारबाट सार्वजनिक गर्ने भएका छन् । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट उनले आफ्नो नेतृत्वको सरकारले प्राप्त गरेका उपलब्धि सार्वजनिक गर्ने भएका हुन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रबलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय आजबाट साविककै स्थानबाट सञ्चालन हुँदै छ । त्यहीँबाट ओलीले सरकारका उपलब्धिबारे जानकारी दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्रीमा संसदले निर्वाचित गरेको थियो ।

प्रतिक्रिया