प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गरेका छन्।
कांग्रेसबाट सरकारमा सहभागी संसदीय दलका नेता रामसरोज यादव भौतिक मन्त्रालय, ओमप्रकाश शर्मा खानेपानी तथा सिंचाई र वीरेन्द्र सिंहलाई सञ्चार मन्त्रीमा नियुक्त गरेका छन्।
तीनजना मन्त्रीले बुधबार राति ९ः ४५ बजे पद तथा गोपनियताको सपथ लिएका छन्। मधेश भवन परिसरमा उनीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको सपथ गराएका हुन्।
अब योसँगै लालबाबु सरकारमा एक मुख्यमन्त्री, ८ मन्त्री र तीन राज्यमन्त्रीसहित मन्त्रिमण्डलको संख्या १२ पुगेको छ। कांग्रेसलाई दिएको तीन मन्त्रालयमा राज्यमन्त्री खाली छ भने अन्य दुई मन्त्रालयमा मन्त्री र राज्यमन्त्री खाली छ। सबै पदपुर्ति भएको खण्डमा मन्त्रिमण्डलको संख्या २१ पुग्ने छ।
प्रदेश सरकारले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन ६ वटा मन्त्रालय टुक्र्याएर १० वटा बनाएको छ। भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय फुटाएको छ।
माओवादीलाई एक मात्र मन्त्रालय दिने भनेपछि सरकारमा जान अस्वीकर गरेको छ।