जनकपुर । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९८१ जनाको परीक्षण गर्दा ४९७ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी धनुषा जिल्लामा १२७, महोत्तरीमा ११२, सिरहामा ३३, बारामा ६७, सप्तरीमा २, रौतहटमा ५०, पर्सामा ७१ र सर्लाहीमा ८ जना संक्रमित भएका छन् । अन्य प्रदेशका ११ जनमा समेत संक्रमण देखिएको छ ।
आरटी पीसीआर ९०४ मागर्दा ४६९ र एन्टिजेन ७१ को परिक्षण गर्दा २८ मा संक्रमण फेला परेको थियो । योसंगै प्रदेशमा संक्रमणले ४ जना मृत्यु भएको छ भने ५७ निको भएर घर फर्केका छन । मृतक मध्ये सबै सिरहा जिल्लाकै रहेको निर्देशनालयले जनाएको छ ।