प्रचण्डको पुनरावलोकनसम्बन्धी रिट प्रधानन्यायाधीश जबराको इजलासमा

राम्रो अनलाइन     १९ चैत २०७७, बिहिबार

काठमाडौँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्तारुढ नेकपालाई अवैधानिक ठहर्याउने सर्वोच्च अदालतको आदेशविरुद्ध दर्ता गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ । 

रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासका लागि तय भएको छ । प्रचण्डको पुनरावलोकन मुद्दामा आज प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू तेजबहादुर केसी  र प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुने तय भएको सर्वोच्चले जनाएको छ । इजलासले सर्वोच्चको आदेश पुनरावलोकन गर्न स्वीकृति दिने वा नदिने निर्णय गर्नेछ।

ऋषिराम कट्टेलले नेकपा आफ्नो नाममा दर्ता भएको भन्दै दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरणपूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।

नामको विवाद भए नाम फेर्न मौका दिनु पर्नेमा एकीकरण नै उल्ट्याउने फैसला अन्यायपूर्ण, संविधान  र नजिरविपरीत भएको भन्दै प्रचण्डले पुनरावलोकन हुनु पर्ने जिकिरसहित रिट दायर गरेका छन् ।

रिटमा नेकपा फुटाएर एमाले र माओवादी केन्द्र  ब्युँताउने फैसलामा आठ प्रश्न उठाउँदै प्रचण्डले पुनरावलोकनको माग गरेका छन् ।

प्रतिक्रिया