प्रचण्ड र माधव माइतीघरको सडकमा

राम्रो अनलाइन     १८ माघ २०७७, आइतबार
प्रचण्ड र माधव माइतीघरको सडकमा

प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर भण्डलामा जारी धर्नामा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी भएका छन् । 

प्रधानमनत्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले माघ १४ गतेदेखि माइतीघरमा धर्ना सुरु गरेको हो । धर्नामा आइतबार दुई अध्यक्षसहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेतृ अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायत नेता सहभागी भएका छन् । 

नेकपा प्रचण्ड–नेपालको धर्नामा उक्त समूहका विघटित प्रतिनिधिसभाका सदस्यसहित राष्ट्रियसभा, प्रदेशसभाका सदस्य सहभागी छन् ।

अध्यक्षद्वय प्रचण्ड–नेपाल उपत्यका बाहिरको कार्यक्रममा व्यस्त भएका कारण यसअघि उक्त धर्नामा सहभागी भएका थिएनन्।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध माघ २८ गते काठमाडौंमा ‘अहिलेसम्मकै ठूलो’ विरोध सभा गर्ने तयारी गरेको छ।

प्रतिक्रिया