पोखरीमा डुबेर बालकको मृत्यु

राम्रो अनलाइन     ०४ साउन २०७८, सोमबार
पोखरीमा डुबेर बालकको मृत्यु

राजविराज, ४ साउन : सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा आज डुबेर एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजराइल रहेको स्थानीयवासी राहत अलिले बताए । सोही गाउँका लक्ष्मीनारायण मठको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको स्थानीयवासीको भनाइ छ  । 
 

प्रतिक्रिया