फेसनेबल देखिन के गर्ने ? 

जयन सुब्बा मानन्धर     ०४ असोज २०८०, बिहिबार
फेसनेबल देखिन के गर्ने ? 

फेसनेबल देखिने रहर सबैलाई हुन्छ । तर, फेसनेबल देखिन चलिरहेको फेसन ट्रेन्डलाई पछ्याउनुपर्छ । फेसन ट्रेन्ड समयअनुसार बदलिरहेको हुन्छ । नयाँ फेसन ट्रेन्ड पछ्याउँदा कलर कम्बिनेसन मिलाउन सकिएन, एक्ससरिजअनुसार आउटफिट छनोट गर्न सकिएन भने चाहेर पनि स्टाइलिस देखिन सकिँदैन । फेसनेबल देखिन यी कुरामा ध्यान दिनुपर्छः  


–प्रिन्टेड टप र प्रिन्टेड लेगिङ्स लगाउन चाहुहुन्छ भने सादा रङका एक्सेसरिज लगाउनुपर्छ ।
–एनिमल प्रिन्टको कुनै पनि ड्रेस लगाउँदै हुनुहुन्छ भने सनग्लास, ब्याग, फुटवेयर, हेयर एक्सेसरिज या बेल्टमध्ये कुनै एउटा मात्र एनिमल प्रिन्ट लगाउनुपर्छ । 
–एक पटकमा एउटा मात्रै हेयर एक्सेसरिज प्रयोग गर्ने । हेयरब्यान्ड, हेयरपिन्स, हेयरक्लिप एकसाथ सबै लगाउनु हुन्न । क्याजुअल र ट्रेडिसनल ड्रेसअनुसार एक्सेसरिज छनोट गर्नुपर्छ । 
–सादा ड्रेसमा एनिमल प्रिन्टको एक्सेसरिजको सट्टा फ्लोरल प्रिन्टको एक्सेसरिज प्रयोग गर्दा राम्रो देखिन्छ । यसो गर्दा उमेर कम देखिनुका साथै फ्रेस लुक पाउन सकिन्छ । 
–इभिनिङ पार्टीमा ड्रेससँग हिराको गहना आकर्षक देखिन्छन् । लिप र आई मेकअप हाइलाइट गर्दा अझै सुन्दर देखिन सकिन्छ । 
–सादा फेब्रिकसँग म्याचिङ एक्सेसरिज प्रयोग गर्दा नसुहाउने भएकाले एनिमल प्रिन्टेड ब्याग वा जुत्ता–चप्पल प्रयोग गर्दा राम्रो देखिन्छ । 
–ककटेल पार्टीमा जाँदा रातो वानपिस ड्रेसमा ग्ल्यामरस देखिन सकिन्छ ।
–सादा इभिनिङ ड्रेस या सर्ट ड्रेससँग एउटै रङको बेल्ट लगाउने र बेल्टको क्लचमा गोल्ड या डाइमन्ड लकेट लगाउँदा राम्रो देखिन्छ । 
–फंकी मल्टिकलर चुरा र फूलको सेप भएको हेयर क्लिप कुर्ता–सुरुवालमा सुहाउँछ । 
–पूरै प्लेन पोल्का डट ड्रेससँग सादा रङका एक्सेसरिजले स्मार्ट लुक दिन्छ । र्फेक्ट मानिन्छ । 
–बो टप एवं पोलो नेक टप दुवै फेसनमा रहेकाले यस्ता टप जिन्स प्यान्टसँग लगाउन सकिन्छ । 
–सर्ट ड्रेस कम्फर्टको हिसाबले सही मानिन्छ । एक्सएल साइजको सर्ट लगाउने हो भने बडी सेपको लागि कुनै पनि किसिमको बेल्ट प्रयोग गर्दा राम्रो देखिन्छ । 
–सानो ह्यान्डल भएको ठूलो टोट ब्याग कहिले पनि आउट अफ फेसन हुँदैन । टोट ब्यागको बेसिक कलर भनेको कालो र सेतो हो । एनिमल प्रिन्टेड टोट ब्याग क्याजुअल र ककटेल आउटफिटसँग सुहाउँछ । 
–रंगिन कुर्तासँग सादा रङको लेगिङ्स र चम्किलो रङको एक्सेसरिज प्रयोग गर्नुपर्छ । 
–सुन्तला रङको घडी, ब्याग एवं जुत्ता–चप्पल प्रयोग गरी ट्रेन्डी लुक पाउन सकिन्छ । 
–आजभोलि धेरैले जिन्सको साटो रंगिन ट्राउजर लगाउन रुचाउँछन् । तर, यो सबैलाई सुट गर्दैन । त्यसको साटो रंगिन जिन्स लगाउन सकिन्छ । 
–मोती, स्टोन एवं मेटल तीन वटाको नेकलेस एकै पटक प्रयोग गर्नु हुँदैन । ठूलो नेकपिस प्रयोग गर्ने हो भने कान र हातमा अरू केही नलगाउने । नेकपिससँग घडी मात्र लगाउँदा राम्रो देखिन्छ । 
–प्रिन्टेड ट्युनिक टपसँग डेनिम जिन्स लगाएर कुल लुक पाउन सकिन्छ । तर, यसको लम्बाइ घुँडादेखि केही माथि हुुन्छ भने डेनिम जिन्सको साटो लेगिङ्स लगाउँदा सुहाउँछ ।
–क्याजुअल आउटफिटमा स्मार्ट देखिन चम्किलो रङको हुन्डी ज्याकेटसँग प्रिन्टेड हलुका रङको जम्प या प्लेसुट प्रयोग गर्नुपर्छ । 
–लामो टिसर्ट राम्रो देखिने भएकाले यसलाई सर्ट स्कर्ट, प्यान्ट वा लेगिङ्ससँग लगाउँदा ठीक हुन्छ ।
–चुडीदार कुर्ता–सुरुवालसँग कहिले पनि स्पोट्र्स वाच लगाउनु हुँदैन । ठूलो डायलको घडी या पातलो स्ट्रिप भएको घडी नै ट्रेडिसनल ड्रेससँग सुहाउँछ । 
 

प्रतिक्रिया