फेरि सर्‍यो राप्रपाको महाधिवेशन

राम्रो अनलाइन     ०७ वैशाख २०७८, मङ्गलबार
फेरि सर्‍यो राप्रपाको महाधिवेशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन सरेको छ। यसअघि वैशाख २५ देखि २८ सम्म महाधिवेशन गर्ने  तय गरेको कार्यतालिका जेठ २२ देखि २५ सम्म गर्नेगरी सारिएको हो ।

अध्यक्षत्रय पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाको बैठकले महाधिवेशन सारेको हो । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठकमा अध्यक्षत्रयले महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेर पारित गरेका हुन् ।

सक्रिय सदस्यता वितरण तथा स्थानीय तहहरूमा हुने पार्टी संरचनाको अधिवेशनका लागि समय अपुग भएपछि महाधिवेशन कार्यतालिका परिवर्तन गर्नुपरेको नेता राजाराम बर्तौलाले जानकारी दिए । 

सक्रिय सदस्यता वितरण गरिसक्ने म्याद वैशाख मसान्तसम्म दिने निर्णय पनि बैठकले गरेको छ। वडादेखि जिल्लासम्मका अधिवेशन वैशाख मसान्तभित्र गरिसक्नुपर्ने राप्रपाको भनाइ छ।

राप्रपा महाधिवेशनमा यसपटक चार हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि हुनेछन्। उनीहरूले नै राप्रपाको केन्द्रीय अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय समिति चयन गर्नेछन्।

प्रतिक्रिया