पादहस्तासन विधि

योगी विकासानन्द     २७ माघ २०७७, मङ्गलबार
पादहस्तासन विधि


१    दुवै गोडाका पैताला ठ्याम्मै जोड्ने, पिँडौला र तिघ्रा पनि जोडिएको हुनुपर्छ।  
२    दुवै हात सीधा तन्काउने।
३    पेटभित्र तान्दै छाती फुलाएर बाहिर पार्ने
४    गर्धन र टाउको सीधा पार्ने
५    बिस्तारै श्वास तान्दै दुवै हातलाई माथि उठाउने 
६   तानेको श्वासलाई बिस्तारै छाड्दै दुवै हात र शरीरलाई अगाडि झुकाउने 
७    दुवै हातले घुँडापछाडि अथवा पिँडौलामा समाती टाउकोले घुँडालाई छुन कोसिस गर्ने।
८   घुँडा छुन गाह्रो भए हातले गोडाका औँला वा भुइँ छुन कोसिस गर्ने।
९   श्वास–प्रश्वासलाई सामान्य बनाइराख्ने 
१०    निश्चित समय बसिसकेपछि बिस्तारै श्वास तान्दै शरीर र हातलाई माथि उठाउने र बिस्तारै श्वास छाड्दै दुवै हातलाई तल झार्ने।
११    दुवै गोडालाई एक फिट जति फट्याउने, गोडालाई लुलो पार्दै आँखा बन्द गर्ने र सारा शरीरलाई शिथिल छाड्दै आराम गर्ने।  
(उच्च  रक्तचाप र हृदय रोग भएकाले यो आसन गर्नु हुँदैन। ) 

प्रतिक्रिया