काठमाडौँ । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय समिति बैठक आज बस्दैछ । कलंकीस्थित एक पार्टी प्यालेसमा दिउँसो एक बजे बैठक बोलाइएको छ ।
बैठकमाा वरिष्ठ नेता नेपाल, भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरणको जवाफ पछिका घटनाक्रम, अध्यक्ष ओलीले पार्टीभित्र गरिरहेको एकलौटीविरुद्ध कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने नेता युवराज ज्ञवालीले जानकारी दिए ।
नेपालसहितका नेताहरुले ओली समूहको केन्द्रीय समितिले गरेको निर्णय अनुरुप सोधिएको स्पष्टीकरणको जवाफ उल्टै प्रतिप्रश्न सोध्दै दिएका छन् । ओलीले चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने भनेकाले कारबाही गरिहाले के गर्ने, ओलीसँगै भिडेर समानान्तर समिति बनाएर पार्टीमा बस्ने कि अर्को पार्टी गठनको तयारीमा लाग्ने भन्ने विषयमा पनि छनफल हुनेछ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार मात्रै नेता नेपाललाई भेटेर राखेको सर्वोच्च अदालतको निर्णयमा पुनरावलोकनमा जाने प्रस्तावबारे पनि छलफल हुने प्रचर विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।