ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए

राम्रो अनलाइन     ०३ पुस २०८२, बिहिबार
ओलीले ३३३ मत ल्याउँदा पोखरेलले ११० मत पाए फाइल तस्विर

काठमाडौं– नेकपा एमालेको जारी मतगणनामा अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् । 

निर्वाचन आयोगले प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् ।


यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ र सुरेन्द्र पाण्डेले १४९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया