नुवाकोट कांग्रेस कार्यालयमा कोभिड अस्पताल बनाउन प्रस्ताव

राम्रो अनलाइन     २१ वैशाख २०७८, मङ्गलबार
नुवाकोट कांग्रेस कार्यालयमा कोभिड अस्पताल बनाउन प्रस्ताव

काठमाडौं । कोभिड १९ संक्रमित उपचारका लागि उपचार गर्न नेपाली कांग्रेस नुवाकोटले विदुरस्थित पार्टी कार्यालयलाई १२० शय्याको अस्पताल बनाउन प्रस्ताव गरेको छ ।

कोभिडका विरामीको संख्या वृद्धि भइरहेको र अस्पतालहरूमा शय्या खालि नभएर समस्या देखिएकोले पार्टी कार्यालयको भवनलाई कोरोना अस्पतालका रूपमा सञ्चालन गर्न प्रस्ताव गरेको नुवाकोट कांग्रेस सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

केसीले कोभिड संक्रमितका लागि शय्या अभाव भइरहेको गुनासो हुन थालेकोले त्यसका लागि पार्टी कार्यालय भवन प्रयोग गर्न सकिने बताएका हुन् ।
उनले कोरोना अस्पताल व्यवस्थापन गर्न नसक्नु लाचारीपन हुने पनि टिप्पणी गरेका छन् ।

केसीले भनेका छन्, ‘स्वास्थ्यजस्तो जनताको मौलिक अधिकार पनि तीनै तहका सरकारले व्यवस्थापन गर्न नसक्नु यो भन्दा लाचारीपन अरु केहि हुन सक्दैन। तसर्थ कोभिड संक्रमितलाई व्यवस्थापन गर्न विदुरस्थित कांग्रेसको पार्टी कार्यालयमा करिब १२० शय्याको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भवनमा अस्पताल सञ्चालन गर्न जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोट हार्दिक अनुरोध गर्दछ।’

प्रतिक्रिया