निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह विजयी

राम्रो अनलाइन     ३० फागुन २०७८, सोमबार
निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह विजयी

 

काठमाडौँ– निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रविराज सिंह विजयी भएका छन् ।

महासंघको २३ औं साधारण सभाबाट बिजयी सिंहले ८०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी निकोलस पाण्डेले ३४२ र अर्का अध्यक्षका उम्मेदवार हुमनाथ कोइरालाले ३२ मत प्राप्त गरे।

त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा एडी लामा ५६३ मतसहित विजयी भएका छन्। प्रतिस्पर्धी रहेका धिरेन्द्र कुमार दाहालले २८९ र लक्ष्मण रानाले २७३ मत प्राप्त गरे।

यसैगरी प्रदेश उपाध्यक्षहरुमा प्रदेश १ मा मोहनप्रकाश अधिकारी, मधेश प्रदेशमा शम्भु ठाकुर, बागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेशमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेशमा प्रकाश बहादुर सेठी विजयी भएका छन्।

त्यस्तै महासचिवमा रोशन दाहाल ७१९ मतसहित विजयी भएका छन् । उपमहासचिव ९नीतिगत० मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भए। यस्तै, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन्।

प्रतिक्रिया