महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले महाशिवरात्रि बढाइँ गरेको छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।
सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरियो । कार्यक्रममा मार्चपास, पिटी र तेक्वान्दो प्रस्तुत गरियो । सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।
_1676729524.jpg)
महाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा प्यारासुट मार्फत कला प्रदर्शन गर्दै गर्दै नेपाली सेनाको टोली ।
महाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा मादल बजाउदै नेपाली सेनाको टोली ।

महाशिवरात्रि तथा २६०औँ नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा खेल कला प्रदर्शन गर्दै नेपाली सेनाको टोली ।
महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा टुडीखेलमा शनिबार आयोजित कार्यक्रममा कवाज प्रदर्शन गर्दै नेपाली सेनाको टोली ।

