नेपाल स्नेही काखलाई नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सहयोग 

राम्रो अनलाइन     २३ फागुन २०७७, आइतबार
नेपाल स्नेही काखलाई नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सहयोग 

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल स्नेही काखलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बैंकको विधिवत् सेवा सुरु भएको तेस्रो वर्ष प्रवेश अवसरमा सो संस्थालाई तीन लाख रुपैयाँ सहयोग गरेको हो । 
उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल  स्नेही काखका नेहा पोखरेललाई हस्तान्तरण गरे । उक्त अवसरमा बैंकका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङलगायत उपस्थित थिए ।
नेपाल स्नेही काखमा मानसिक एवं शारीरिक रूपमा अशक्त एवं समाजबाट अवहेलानामा परेका बालबालिका, युवा युवती, वृद्धवृद्धालगायतलाई शिक्षा, स्वास्थ्य, आवाससहित हेरचाह गर्ने उद्देश्यले स्थापना भएको हो ।
संस्थामा हाल ६५ जनाले आश्रय लिइरहेका छन् । बैंकले प्रदान गरेको यो रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रयस्थलको पूर्वाधार निर्माणमा खर्चिनेछ । 

प्रतिक्रिया