नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

राम्रो अनलाइन     २८ भदौ २०८०, बिहिबार
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

 

काठमाडौँ–संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो । उनको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।
 

प्रतिक्रिया