नेक्स्ट मोडल्स नेपालले चर्चित फेसन शो ‘काठमाडौँ फेसन वीक’को व्यवस्थापन गर्ने

राम्रो अनलाइन     ०३ असार २०८२, मङ्गलबार
नेक्स्ट मोडल्स नेपालले चर्चित फेसन शो ‘काठमाडौँ फेसन वीक’को व्यवस्थापन गर्ने

काठमाडौँ–चर्चित फेसन शो ‘काठमाडौँ फेसन वीक’को व्यवस्थापन अब नेक्स्ट मोडल्स नेपालले गर्ने भएको छ। यस विषयमा आयोजक फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल र नेक्स्ट मोडल्स नेपालबिच आगामी सिजनदेखि सहकार्य गर्ने सम्झौता भएको हो।

फेसन डिजाइनरहरूको समूह ‘फेसन डिजाइनर सेन्टर (एफडीसी) नेपाल’ले गत वर्षदेखि वार्षिक दुई पटक ‘काठमाडौँ फेसन वीक’ आयोजना गर्दै आएको छ।

यस फेसन शोले संस्कृति र परम्परालाई विशेष जोड दिँदै पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नेपाली डिजाइन र मोडलहरूको मात्र सहभागिता रहने यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली डिजाइनरहरूलाई सहयोग र प्रवर्द्धन गर्नु हो।

“हामीले गर्दै आएको कामको गुणस्तरलाई हेरेर एफडीसीले यो जिम्मेवारी दिएको हो,” धमलाले भने, “कार्यक्रमलाई उत्कृष्ट बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौँ।”

नेक्स्ट मोडल्स नेपालले यसअघि ‘मिस्टर नेपाल’, ‘मोडल हन्ट नेपाल’, ‘मिस नेपाल पिस’ र ‘डिजाइनर्स रनवे’ जस्ता प्रतिष्ठित कार्यक्रमहरू आयोजना गरिसकेको छ।

‘काठमाडौँ फेसन वीक’को आगामी सिजनबारे केही दिनपछि एक भव्य कार्यक्रममार्फत औपचारिक घोषणा गरिनेछ।

प्रतिक्रिया