नेकपा प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक साढे १२ बस्ने

राम्रो अनलाइन     ११ माघ २०७७, आइतबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक आइतबार बस्ने भएको छ । बैठक अपराह्न १२ : ३० बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भङ्ग गरेपछि नेकपाको प्रचण्ड-माधव समूहले पुनर्स्थापनाको माग गर्दै आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया