नेकपा ओली पक्षीय युवा संघको पुनर्गठनप्रति बादल समूहको आपत्ति

राम्रो अनलाइन     २८ माघ २०७७, बुधबार

ओली नेतृत्वको नेकपाको राष्ट्रिय युवासंघको पुनर्गठनप्रति गृहमन्त्री रामबहादुर थापा बादल समूहका युवाहरुले आपत्ति जनाएका छन्। पार्टी एएकताको भावना र विधान विपरीत संघको गठन भएको भन्दै सो समूहका बिरु तामाङले आपत्ति जनाएका हुन् ।

'उहाँहरूले एकताको भावनाविपरीत आफ्नै तरिकाले राष्ट्रिय युवा संघको पुनर्गठन गर्नुभएको छ। गुटको भेला गरेर कुटपिट गरी जबरजस्ती नेतृत्व चयन भएको छ,' तामाङले भने,'युवा संघको नेतृत्व चयनबारे पार्टीमा छलफल चलिरहेको थियो तर जन वर्गीय संगठन मोर्चाका इन्चार्जलाई समेत थाहा नदिइकन गरिएको भेला अवैधानिक हो। यो खारेज हुनुपर्छ।'

जवस मोर्चाका इन्चार्ज समेत रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीलाई जानकारी नगराइकान भेला गरिएको तामाङले बताए।

विधानमा संयोजक र सहसंयोजक रहने व्यवस्था भएको भए पनि विधानविपरीत अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवलगायत चयन भएको उनको आरोप छ।

ओली पक्षीय युवा संघका महासचिव रमेश आचार्यले बाहिर आएजस्तो विवाद नभएको दाबी गरे।

राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा 'दिपशिखा' प्रचण्ड-नेपाल समूहमा लागेपछि ओली समूहले सोमबार केन्द्रीय भेला गरेको थियो। भेलाले अध्यक्ष, सहअध्यक्ष तथा महासचिवलगायत चयन गरेको थियो ।

प्रतिक्रिया