नेहा बुढा भन्छिन् : ‘मोडलिङ भनेको बाहिरी सुन्दरतामात्र जज गरिने क्षेत्र होइन’

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
नेहा बुढा भन्छिन् : ‘मोडलिङ भनेको बाहिरी सुन्दरतामात्र जज गरिने क्षेत्र होइन’

 

ललितपुर सुनाकोठीकी १७ वर्षिया नेहा बुढा मगर बीबीए अध्ययन गर्दै छिन् । फुर्सद हुँदा अनलाइनमा बुक पढ्न र घुम्न उनलाई मन पर्छ । उनको बुझाइमा मोडल हन्ट प्रतियोगिताको आयोजक संस्था नेक्स्ट मोडल नेपालको टप मोडल एजेन्सी हो । यो संस्थाबाट मोडलिङ करिअर सुरु गर्नेहरूको वेल ग्रुमिङ हुने गरेको नेहा बताउँछिन् ।

परिवारका सबैबाट साथ र सर्पोट पाएको उनी बताउँछिन् । ‘सेल्फ कन्फिडेन्ट, नयाँ मानिसहरूसँग बोल्न र कम्युनिकेशन स्किल बढेको छ,’ नेहा भन्छिन, ‘मोडलका रूपमा आफूलाई कसरी प्रस्तुत गर्ने भनेर सिक्ने अवसर मोडल हन्टले दिएको छ ।’ प्रतियोगितामा भाग लिएपछि आफूलाई अझै नजिकबाट चिन्ने अवसर पाएको नेहा बताउँछिन् । आफूमा भएको प्रतिभा पहिचान गर्न पनि सक्ने भएकी छिन् उनी ।  

मोडलिङमा सानैदेखि रुची थियो । कहाँबाट सुरु गर्ने भन्ने भेऊ पाइरहेको थिइन् उनी भन्छिन् । मोडल हन्ट नै सबैभन्दा बेष्ट प्लेटफर्म भएकाले यो प्रतियोगितामा भाग लिएको उनी बताउँछिन् । ‘म जहिले पनि ग्रो गर्न चाहन्छु, मलाई दिएको सबै टास्कलाई गम्भीर रूपमा लिन्छु, प्रेसरमा पनि राम्रै काम गर्न सक्छु, आलोचनालाई पनि सकारात्मक रूपमा लिएर अघि बढ्न सक्ने भएकाले म यो प्रतियोगिताको वीनर हुन सक्छु भन्ने लाग्छ,’ नेहा आत्मविश्वासका साथ भन्छिन् । उनी मोडल हन्टको वीनर भइन् भने अबको पाँच वर्षमा आफूलाई नेपालको टप मोडलका रूपमा स्थापित गर्ने बताउँछिन् । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफूलाई एक्सप्लोर गर्ने उनको सोच रहेको छ । 

मोडलिङ सम्बन्धी रहेका नकारात्मक धारणा हटाउन उनले काम गर्ने बताइन् । मोडलिङ भनेको बाहिरी सुन्दरतामात्र जज गरिने क्षेत्र होइन । यो गल्र्सहरूको आत्मविश्वास बढाउन क्षेत्र पनि हो भन्ने विषय स्थापित गराउन कार्य गर्ने उनको सोच छ । 

 

 

प्रतिक्रिया