ममता कुमारी महतो  भन्छिन् : ‘म आफूलाई सबैका माझ चिनाउन चाहन्छु’

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
ममता कुमारी महतो  भन्छिन् : ‘म आफूलाई सबैका माझ चिनाउन चाहन्छु’

कैलाली धनगढीकी ममता कुमारी महतोले काठमाडौंको पुतली सडकस्थित ग्लोबल वीङ्सबाट एयर होस्टेस कोर्स गरेकी छिन् । उनलाई मोडलिङ, एक्टिङ, योगा आदिमा विशेष रुची छ । एक वर्षअघि जब उनले मोडल हन्ट प्रतियोगिताको बारेमा जानकारी पाइन् त्यति बेला नै यो सिजनमा प्रतिस्पर्धा गर्ने सोच बनाएकी थिइन् । 

एक्टिङमा निकै दिलचस्पी रहेको ममता अभिनयका विभिन्न हाऊभाऊ गरिरहेकी हुन्छिन् । कक्षा ११ मा अध्ययन गर्दा नै उनले मोडलिङ सम्बन्धी ट्रेनिङ लिने अवसर पाएकी थिइन् । उनका फस्र्ट ट्रेनर सुरज धामीलाई ममता आफ्नो रोलमोडल मान्छिन् । 

‘ग्रुमिङ क्लासमा मैले आफूलाई धेरै कुरामा कन्फिडेन्टका साथ प्रस्तुत गर्ने स्किल सिक्न सकेँ, ममता भन्छिन्, ‘मैले धेरै साथीहरू बनाई सकेँ ।’ यो प्रतियोगितामा कुनै न कुनै टाइटल जितेर परिवारमा आफूलाई मोडलिङमा केही गर्न सक्छु भनेर पुष्टी गर्ने उनको इच्छा छ ।  आफूमा अनुशासन, हार्ड वर्किङ खुबी रहेको बताउने उनी मेन्टर सविता म्यामको मेन्टसिपबाट आत्मविश्वासको लेबल उच्च भएकाले आफूलाई वीनर दाबी गर्छिन् । यस अघि पनि उनले विभिन्न तीन वटा कार्यक्रममा भाग लिइसकेकी थिइन् । तर ति कार्यक्रमभन्दा मोडल हन्ट निकै फरक र उत्कृष्ट रहेको उनी बताउँछिन् । उनी आफूलाई टप मोडल तथा अभिनेत्रीका रूपमा स्थापित गराउन चाहन्छिन् । म आफूलाई सबैका माझ चिनाउन चाहन्छु ।

प्रतिक्रिया