मलयालम फिल्म ‘थिरिमाली’को गीतमा स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स

राम्रो अनलाइन     ०९ माघ २०७८, आइतबार

 

मलयालम चलचित्र ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काले आइटम नृत्य गरेपछि यो चलचित्रलाई लिएर नेपाली दर्शक पनि उत्साहित छन् । निर्माणपक्षले यसको आइटम गीत सार्वजनिक गरेको छ, जहाँ स्वस्तिमाको बोल्ड नृत्य हेर्न सकिन्छ ।

‘रंग विरंगी रात फिरंगी’ बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । सार्वजनिक भएको २४ घन्टा नबित्दै यो गीतले युट्युबमा ५ लाख बढी भ्युज पाइसकेको छ ।

मलयालम भाषामा निर्माण गरिएतापनि यो गीत भने हिन्दी भाषामा तयार पारिएको छ । बिजीपालको संगीत, तनिष्क नम्बरको शब्द रहेको गीतमा सुनिधि चौहानको स्वर छ ।

नेपाल घुम्न आएका चलचित्रका मुख्य पात्रहरु स्वस्तिमाको आइटम नृत्य हेर्न डान्स क्लबमा पुगेको देखाइएको छ । राजीव सेठ्ठीको निर्देशन रहेको यो चलचित्रमा नेपालका पोखरा, काठमाडौं र लुक्लाका रमणीय स्थान हेर्न  सकिन्छ । यो चलचित्रले तीन जना पात्रको कथालाई पर्दामा उतारेको छ ।

चलचित्रमा नेपाली कलाकारहरु माओेत्से गुरुङ र उमेश तामाङको पनि अभिनय हेर्न सकिन्छ ।

प्रतिक्रिया