माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने 

राम्रो अनलाइन     ०६ वैशाख २०७८, सोमबार
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने 

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आज बस्ने स्थायी समिति बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको फिर्ता लिने भएको छ । दिउँसो एक बजे बस्ने बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरू बताउँछन् ।

स्थायी समितिमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरु बताउँछन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्दै माओवादी केन्द्र व्युँताइदिएपछि अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बदल्ने प्रयत्नमा छन् ।

तर, नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन । समर्थन फिर्ता नलिँदा नयाँ सरकार बन्न नसकेको भनेर प्रतिपक्षी दलका नेताहरुले माओवादीको आलोचना गर्दै आएका छन् ।

त्यही भएर आज निर्णय लिन लागेको नेताहरू बताउँछन् । त्यो सँगै नयाँ सरकारबारे कसरी अगाडि बढ्ने भन्ने रणनीति पनि बनाउने एक नेताले बताए । 

प्रतिक्रिया