‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक

राम्रो अनलाइन     १२ भदौ २०८२, बिहिबार
‘माइतीघर’को शीर्ष गीत  ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक

काठमाडौं–फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक भएको छ । अघिल्लो सोही नामको फिल्मको गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतलाई रि–क्रिएसन गरिएको हो । जुन, विहिबार युट्युबमा रिलिज भएको छ । गीतमा सञ्जिवनीको स्वर, किरण खरेलका शब्द र जयदेवको संगीत छ ।

गीतको मौलिक संस्करणमा आशा भोस्लेको स्वर थियो । भिडियोमा उपासनासिंह ठकुरी र श्यामाश्री शेर्पाको अभिनय छ ।

मानकृष्ण महर्जन र सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । 

लोकेशन र छायांकनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रविन शेरचन र धीरज तामाङको लगानी छ ।

ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्ममा रामशरण पाठकको पटकथा छ ।

फिल्ममा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, युवराज लामा, वुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापाको पनि अभिनय छ ।

रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म असोज १३ गते दशैंको फूलपातीबाट प्रदर्शन हुने जनाइएको छ ।

प्रतिक्रिया