कतिमा हुँदैछ आज विदेशी मुद्रा कारोबार ?

राम्रो अनलाइन     २० असार २०८१, बिहिबार
कतिमा हुँदैछ आज विदेशी मुद्रा कारोबार ?

 

काठमाडौँ–  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा रहेको छ ।  पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ २४ पैसा र बिक्रीदर ८ रूपैयाँ २७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३४ पैसा र बिक्रीदर १८ रूपैयाँ ४२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ । त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३५ रूपैयाँ १ पैसा रहेको छ भने बिक्रीदर ४३६ रूपैयाँ ९६ पैसा रहेको छ ।

प्रतिक्रिया