कृतिका खड्का भन्छिन् : ‘मोडलिङमा करिअर बनाउनेहरूका लागि मोडल हन्ट बेस्ट प्लेटफर्म हो’

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
कृतिका खड्का भन्छिन् : ‘मोडलिङमा करिअर बनाउनेहरूका लागि  मोडल हन्ट बेस्ट प्लेटफर्म हो’

बाग्लुङकी २१ वर्षिया कृतिका खड्का सैनिक आवासीय महाविद्यालयबाट बीबीए गर्दैछिन् । उनलाई सानैदेखि मोडलिङमा रुची थियो । फोटो खिच्न भनेपछि उनी हुरुक्कै हुन्थिन् । क्यामरा देख्ने बित्तिकै मेरो फोटो खिचिदिनु न भन्दै कर गर्ने गर्थिन् कृतिका । मोडल हन्ट रनवे मोडलिङका लागि पहिलो स्टेप भएकाले आफू यो प्रतियोगितामा भाग लिएको उनी बताउँछिन् । उनले मोडलिङमा नयाँ अवसर खोज्नका लागि मोडल हन्टमा आएको बताइन्  । 

कृतिका एक्लै कोठामा बस्ने र पढ्न रुची राख्ने युवती हुन् । उनलाई बाहिर घुम्न निस्कन मन पर्दैनथ्यो । मोडल हन्टमा भाग लिएपछि उनी बाहिर निस्कन र घुमघाम गर्न रुचाउने भएकी छिन् । आफूलाई अलिकता ग्रुम गर्न सकेको उनी बताउँछिन् । आत्मविश्वास बढेको छ । आफूलाई कसरी प्रस्तु गर्ने भन्ने विषयमा निकै ज्ञान हासिल भएको कृतिका बताउँछिन् । 

भक्तपुरमा रहेको सैनिक कलेजबाट ट्रेनिङका लागि ठमेल आउन जान उनलाई टाइम व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । मोडल हन्ट प्रतियोगिताको प्रतिस्पर्धी भइसकेपछि त्यही खालको गेटअपमा हिँड्नु पर्‍यो उनी भन्छिन, ‘मलाई अहिले आफ्नो पढाई ट्रेनिङका लागि टाइम व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।’ 

उनलाई मोडलिङमा लाग्न परिवारको पनि सर्पोट छ । उनी यो क्षेत्रमा रहर लागेर आएपनि यसैमा करिअर बनाउने गरी मेहनेत गरिरहेको बताउँछिन् । उनी रनवे मोडल बन्ने र फोटो सुट गर्ने आफ्नो रहर भएको बताउँछिन् । मोडलिङमा अघि बढ्न सकेमा आफ्नै विजनेस गर्ने योजना पनि कृतिकाले बनाएकी छिन् । मोडलिङमा करिअर बनाउनेहरूको लागि नेक्स्ट मोडल भरपर्दो एजेन्सी रहेको बताउँछिन् । अवसर पाउँदा नेपालमै बसेर काम गर्ने उनको योजना छ । कृतिका बुबा अवकाशप्राप्त कर्नेल हुन् भने ममी कानुन व्यवसायी छिन् । 

प्रतिक्रिया