- राति सकेसम्म हल्का खानेकुरा खानुपर्छ । किनकि, राति शरीरलाई बढी ऊर्जा चाहिँदैन ।
- भोजनमा कार्बोहाइड्रेट र बोसोयुक्त खाना कम खानुपर्छ ।
- रातिको खानामा भात, तारेको–भुटेको खाना, माछामासु, गालेको अचार आदि भरसक खानु हुँदैन ।
- हरियो सागपात, रोटी, सुप, दाल आदि रातिको खानाका लागि उत्तम मानिन्छन् ।
- रातिको खाना खाएपछि सीधै ओछ्यानमा गएर पल्टिनु हुँदैन । खाना खाएको तीन घण्टापछि मात्रै सुत्नुपर्छ ।
- खाना खाएपछि हल्का हिँडडुल गर्नु उपयुक्त हुन्छ । हिँडडुल नगर्ने हो भने हल्का नृत्य गर्नु लाभदायक हुन्छ ।
- रातिको खानासँग भरसक पानी खानु हुँदैन । खाना खानेबित्तिकै पनि पानी खानु हुँदैन । सकेसम्म खाना खाइसकेको एक घण्टापछि मात्र पानी खानुपर्छ ।