कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध

राम्रो अनलाइन     ३० माघ २०८१, बुधबार
कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध

 

हुम्ला- सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका-१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ। 

सर्केगाड गाउँपालिका-१ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन। सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन्।

यसैबीच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार राजबहादुर विष्टले पहिरो पन्छाएर बाटो खोल्ने अथक प्रयास भइरहेको बताए।

प्रतिक्रिया