बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध

राम्रो अनलाइन     २७ वैशाख २०८३, आइतबार
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध

गाईघाट– वैशाख २६ को बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका– १४ दलदलेस्थित सिद्विचरण राजमार्गमा पूर्ण रूपमा अबरुद्ध भएको छ ।

उदयपुर कटारी नगरपालिका– १४ दलदलेस्थित सिद्विचरण राजमार्ग शनिबारदेखि पूर्ण रूपमा अवरोध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

काभ्रेपलान्चोकस्थित सिन्धुली खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी चल्ने बीपी राजमार्ग सडकखण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै यही २१ वैशाखको बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म चल्ने सम्पूर्ण सवारीसाधन अर्को आदेश नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया