कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको ‘त्यो मीठो पल’ सार्वजनिक

राम्रो अनलाइन     ०७ असार २०८२, शनिबार
कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको ‘त्यो मीठो पल’ सार्वजनिक

काठमाडौं–एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको प्रेमिल म्युजिक भिडियो ‘त्यो मीठो पल’ सार्वजनिक भएको छ । कोशी प्रदेशको संखुवासभा जिल्लाको चैनपुर नगरपालिका  तथा सुनसरीको धरान  आसपासका विभिन्न सुन्दर पर्यटकीय स्थानहरूमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा गायक सुरेश लामाको  गायन, कमल अधिकारीको संगीत रहेको छ भने शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचिवसमेत रहेका प्रभावशाली व्यक्तित्व हेमराज तामाङको रहेको छ । भिडियो गीतकार स्वयंम हेम राज तामाङकै युट्युवमार्फत  सार्वजनिक गरिएको छ । भिडियोमा लोकप्रिय मोडल/कलाकार सनम कठायत र नवप्रतिभा खुसी घिसिङको अभिनय रहेको छ । सरोज शाहीको छायांकन , अमृत चापागाईंको सम्पादनमा भिडियो निर्माण गरिएको छ । 

गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका  सुन्दर प्रकृति, मौलिक संस्कृति तथा सामाजिक जनजीवनको प्रचारप्रसार तथा प्रवर्द्धनका निमित्त  एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ‘दृश्यमा नेपाल’ अन्तर्गत  यो पटक  कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई समेत टेवा पुग्ने गरि सहयोग गर्ने  उक्त अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी दिए।

प्रतिक्रिया