कोहलपुरमा वृद्धा मृतावस्थामा

राम्रो अनलाइन     ०३ साउन २०७८, आइतबार
कोहलपुरमा वृद्धा मृतावस्थामा

राँझा, ३ साउन : बाँकेको कोहलपुर नगरपालिका– ११ एकतानगरका  एक वृद्धाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले  एकतानगरका  ८२ वर्षीया साउनी कार्की मृतावस्थामा आज फेला परेकोे जानकारी दिए ।  

उनले घरमा सुतिरहेकी कार्कीमाथि धारिलो हतियार प्रहार भएको र  हत्यापछि मृतकका साथमा रहेको नगद र सुनको गरगहना लगेको बताए । अहिले कोहलपुर क्षेत्रमा प्रहरी परिचालन गरी घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए ।
 

प्रतिक्रिया