कोभिडबाट कैलालीमा थप दुईको मृत्यु

राम्रो अनलाइन     १८ वैशाख २०७८, शनिबार
कोभिडबाट कैलालीमा थप दुईको मृत्यु

धनगढी । कैलालीमा थप दुई कोभिड १९ संक्रमित महिलाको मृत्यु भएको छ । कोभिडका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति मृत्यु भएको सूचना अधिकारी जोशीले बताए । 

प्रतिक्रिया