बुटवल । कोभिड १९ का बिरामीले लुम्बिनी प्रदेशमा रहेका सबै कोरोना अस्पतालका बेढ भरिभराउ भएका छन् । संक्रमण फैलिएसँगै प्रदेशका चारवटै कोरोना अस्पतालमा अहिले नयाँ विरामीको लागि एउटा पनि बेड खाली छैन ।
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मंगलबार आइसियुका सबै १३ बेड भरिए। अब अस्पतालमा नयाँ विरामी राख्ने अवस्था नभएको लुम्बिनी प्रादेशीक अस्पतालका बुटवलका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।‘ दैनिक ८ १० जनालाई वेड नभएर रिफर गर्नु परेको उनले बताए ।
बुटललमा बेड भरिदै गएपछि विरामीहरूलाई रिफर गरेर भैरहवामा पठाउँदै आइएको छ । भैरहवाको भिम अस्पतालमा रेहका ५ वेडको आइसियु २२ बेडको एचडियु कक्ष पनि बुधबार साँझबाट भरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. आरिफ हुसेनले बताए।
बुटवल र भैरहवामा दुबैतिर वेड नपाएपछि कतिपयले हेलिकप्टर चार्टर गरेर विरामी काठमाडौँ लगेपनि आर्थिक अवस्था कम्जोर भएका विरामी अलपत्र छन् ।
बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा रहेका आइसियु र एचडियुमा गरी ३० र त्यसबाहेक सामान्य बेड कुल १ सय ४२ बेड पनि बिरामीले भरिएका भेरी अस्पतालका मेडिकल सुपरिटण्ट डा. प्रकास थापाले बताए। दाङको बेलझुण्डी कोरोना अस्पतालमा बुधबार साँझ सम्म २८ बेडमा विरामी छन् ।