खनालको स्वास्थ्यमा सुधार

राम्रो अनलाइन     २१ वैशाख २०७८, मङ्गलबार
खनालको स्वास्थ्यमा सुधार

काठमाडौं, २१ वैशाख : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यावस्थामा क्रमिक सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा कोभिड–१९ सङ्क्रमित भई उपचाररत  खनालको स्वास्थ्यमा सुधार भइरहेको हो । 
अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाका अनुसार अक्सिजनमा राखेर उपचाररत नेता खनालको स्वास्थ्यवस्था सुधारोन्मुख  छ । उनी कोरोना भाइरस सङ्क्रमण भई गत शनिबार अस्पतालमा भर्ना भएका थिए । 

प्रतिक्रिया