गतवर्ष निकै चर्चामा रहेको तीज गीत ‘सोचेझै जिन्दगी रैनछ’को भाग २ को रुपमा ‘यस्तै हो संसार’ सार्वजनिक गरिएको हो ।
नेत्र अर्यालको शब्द रहेको यस गीतमा गायक खेम सेन्चुरी र गायिका अनिता चलाउनेले स्वर दिएका छन् । गीतमा संगीत भने खेम सेन्चुरीको नै छ । गीतको म्युजिक भिडियोमा नायक पल शाह, नायिका वर्षा राउत, मोडल दुर्गेश थापा र अञ्जली अधिकारीको अभिनय हेर्न सकिन्छ । गम्भीर बिष्टको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, विष्णु शर्माको सम्पादन छ । सार्वजनिक भएको दुई दिनमा गीतको भिडियोलाई युट्युबमा ४ लाख बढी पटक हेरिएको छ ।