पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल झलनाथ खनाल समूहले कास्कीमा पार्टीको समानान्तर समिति बनाएको छ ।
वरिष्ठ नेताद्वय नेपाल र खनाल समूहले केन्द्रमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले मनलाग्दी गरेको भन्दै समानान्तर गतिविधि गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप आज कास्कीमा समानान्तर समिति बनाइएको हो ।
नेपाल समूहले कास्कीको अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपालीलाई चयन गरेको छ ।
नेता नेपालसहित सुरेन्द्र पाण्डेलगायत नेताहरूको उपस्तिथि रहेको कास्की जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाले जिल्ला समिति बनाएको हो । जिल्ला समितिका बाँकी सदस्यहरू पछि विस्तार गरिने जनाइएको छ ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष आचार्य पिएन क्याम्पसका पुर्वस्ववियु सभापती हुन् । एमाले कास्कीको अध्यक्ष कृष्ण थापा अध्यक्ष छन् ।