कांग्रेस दलको बैठक आज, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्ने

अरु राजनीतिक दल र सांसदहरूलाई पनि नदिन आग्रह गर्ने
राम्रो अनलाइन     २५ वैशाख २०७८, शनिबार
कांग्रेस दलको बैठक आज, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल बैठक आज दिउँसो दुई बजे बस्दैछ । नयाँ वानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गर्नेछ ।  

सथै बैठकले ओलीलाई विश्वासको मत नदिन सबै राजनीतिक दल र सांसदहरूलाई आग्रह गर्नेछ । बैठकबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सांसदहरूलाई ओलीलाई विश्वासको मत नदिन आह्वान गर्ने भएको हो । 

पार्टी पदाधिकारी बैठकले विश्वासको मत नदिने र अन्य राजनीतिक दललाई पनि नदिन आग्रह गर्ने निर्णय गरिसकेकाले त्यही निर्णय दलबाट गर्ने निश्चित जस्तै छ । 

बैठकले पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र अन्य राजनीतिक दलहरूलाई पनि विश्वासको मत नदिन आह्वान गर्ने निर्णय गर्ने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । 

ओलीले २७ बैशाख सोमबार एक बजे विश्वासको मत लिनका लागि संसद्को विशेष अधिवेशन बोलाएका छन् । 

प्रतिक्रिया