जगदम्बा सिमेन्टको एक्सपर्ट मिट

राम्रो अनलाइन     २० फागुन २०७७, बिहिबार
जगदम्बा सिमेन्टको एक्सपर्ट मिट

जगदम्बा सिमेन्टले  निर्माण क्षेत्रका विज्ञहरुको सम्मेलन गरेको छ । सिन्धुपाल्चोकको मेलम्चीमा कम्पनीले ४० भन्दा बढी निर्माणकर्मी, इन्जिनियर, आयोजना प्रमुखका साथै मिडियाकर्मीसँग अन्तरक्रिया गरेको हो ।

निर्माण विज्ञहरुसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुन सक्ने सम्भावनालाई दृष्टिगत गरेर कम्पनीले यो कार्यक्रम आयोजना गरेको हो । 
भूकम्प प्रतिरोधात्मक संरचना बनाउन गुणस्तरीय निर्माण सामग्रीको प्रयोगका साथै दक्ष जनशक्तिबाट निर्माण सम्पन्न गर्नुपर्नेे कम्पनीका बिक्री प्रबन्धक नवराज भुर्तेलले बताए ।

कार्यक्रममा मेलम्ची नगरपालिका भवन शाखाका प्रमुख इञ्जिनियर जितबहादुर कार्कीले निर्माण संरचना र सेटिङ टाइमका आधारमा मात्र ओपिसी र पिपिसी सिमेन्टको प्रयोग गर्नुपर्नेमा जोड दिए । 
स्थापना कालदेखि नै निर्माणकर्मी, उपभोक्ता तथा बिक्रेता लक्षित जगदम्बा जागरण, जगदम्बा विशेष, जगदम्बा आरोहण, जगदम्बा प्रयोगविधिलगायत कार्यक्रम सञ्चालन गर्दै आएको कम्पनीका वरिष्ठ ब्रान्ड म्यानेजर जगन्नाथ दाहालले जानकारी दिए ।

प्रतिक्रिया