जाडोमा ‘स्टाइलिस लुक’ 

जयन सुब्बा मानन्धर     ०९ मंसिर २०७८, बिहिबार
जाडोमा ‘स्टाइलिस लुक’ 

जाडो महिनामा टन्न लुगा लगाउनुपर्ने हुन्छ । जसकारण आफू कसरी स्टाइलिस देखिने भन्ने चिन्ता हरेक फेसनपारखीमा हुुन्छ । यो मौसममा मिलाएर डे«सअप गर्न जाने जो कोही पनि ‘स्टाइलिस’ र ‘स्मार्ट’ देखिन सक्छन् ।


– अहिले बजारमा पस्मिना फ्रेब्रिकका पातला, तर न्याना कपडाहरू चलनचल्तीमा छन् । पातलो भए पनि न्यानो हुने भएकाले यस्ता कपडाले स्टाइलिस लुक दिनुका साथै हिँडडुल तथा ड्राइभ गर्न सजिलो हुन्छ । 

–    अहिले जाडोमा ‘एङकल बुट’ पनि निकै चलेको छ । बुटले पनि स्टाइलिस लुुक दिन्छ । 
–    सारी, वानपिस र टिसर्टमा पातलो तर न्यानो खालको ओभरकोट लगाउँदा स्टाइलिस देखिइन्छ । 
–    वानपिस र स्टकिङमा लङकोटको कम्बिनेसन पनि जाडोमा निकै राम्रो देखिन्छ । 
–    सामान्य ह्यान्डवर्क गरिएका पन्चूले स्टाइलिस लुक दिन्छ ।
–    पार्टी लुकका लागि भने सारीमा ओभरकोट, पन्चू र हल्का ह्यान्डवर्क गरिएको सल उपयुक्त हुन्छ ।
–    ड्रेसअपअनुसार ऊनीका रंगिन स्कार्फ र टोपीले पनि आकर्षक देखाउन मद्दत गर्छन् । 
–    जाडोमा हल्काभन्दा गाढा रङका पहिरन लगाउनु उपयुक्त हुन्छ । 
 

प्रतिक्रिया