हिजोआज चिसो अत्यधिक बढेको छ। चिसोसम्बन्धी स्वास्थ्य समस्याले धेरैलाई दुःख पनि दिइरहेको छ। चिसोबाट बच्न आफ्नो घर, कोठालाई न्यानो पार्न केही उपाय अपनाउनुपर्छ।
–जाडो याममा धेरैले घरमा आगो बाल्ने गर्छन्। आगो नहुँदा कतिपयले हिटर प्रयोग गर्छन्। आगो, हिटर लगायतले घर न्यानो बनाउन मद्दत गर्छन्।
–चिसो भुइँले खुट्टा चिस्याउने गर्छ। जसले गर्दा खुट्टा दुख्नेलगायत समस्या देखिन सक्छ। चिसो भुइँमा बाक्लो कार्पेट बिछ्याउँदा चिसोबाट बच्न सकिन्छ।
–कोठाका झ्यालहरूमा सुतीको पातलो पर्दाको साटो बाक्लो पर्दा लगाउनुपर्छ। बाक्लो पर्दाले चिसो हावालाई भित्र पस्न दिँदैन।
–भान्छामा खाना पकाउँदा ताप उत्पन्न हुन्छ। जसले घरलाई न्यानो बनाउन सक्छ। त्यसैले यदि छ भने घरभित्रतिर खुल्ने भान्छाको झ्याल खोलिदिनुपर्छ।