जाडोमा गुणकारी अदुवाको चिया

राम्रो अनलाइन     ०९ फागुन २०७७, आइतबार
जाडोमा गुणकारी अदुवाको चिया

अदुवा हालेको कालो चिया स्वास्थ्यवद्र्धक छ। यसमा एन्टी–अक्सिडेन्ट भरपूर मात्रामा पाइन्छ।

–एक कप अदुवा हालेको कालो चिया खाएमा दिनभरिको थकान मेटिन्छ। अदुवा चियाले ऊर्जा दिन्छ। तनाव हटाउँछ।

–अदुवामा पाइने एन्टी–ब्याक्टेरियल तत्त्वले ब्याक्टेरियासँग लड्न मद्दत गर्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

–चिसोमा धेरैलाई रुघाखोकी, नाक बन्द हुने समस्याले सताउने गर्छ। बिहानै एक कप अदुवा हालेको कालो चिया खाएमा नाक बन्द हुने समस्याबाट राहत मिल्छ। सास फेर्दा पनि समस्या हुँदैन। धुलोमाटोबाट हुने संक्रमणबाट पनि छुटकारा मिल्छ।

–एक अध्ययनअनुसार अदुवा हालेको कालो चिया खाने महिलामा मिर्गौलामा पत्थरी हुने खतरा कम हुन्छ।

–चिसोमा ढाड दुख्ने, सुन्निनेलगायत समस्यामा पनि अदुवा हालेको कालो चिया खाँदा लाभ मिल्छ।

–मधुमेह रोगीका लागि अदुवा हालेको कालो चिया लाभकारी छ।

–अपचको समस्या हुँदा एक कप अदुवा हालेको कालो चिया खाँदा फाइदा हुन्छ। यसले खाना पचाउन मद्दत गर्छ। अपचको समस्या हटाउँछ।

प्रतिक्रिया