इलाम उपनिर्वाचन : सुहाङको अग्रता बढ्यो

राम्रो अनलाइन     १७ वैशाख २०८१, सोमबार
इलाम उपनिर्वाचन : सुहाङको अग्रता बढ्यो


काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि इलाम(२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् । फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका (६ वडाबाहेक) को १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।

नेम्वाङलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले ५३९५ मत ल्याएका छन् । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले पनि मत बढाएका छन् । उनी ४०५८ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया