ईश्वर पोखरेलमाथि नुवाकोटमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताको अवरोध, प्रहरीले गर्‍यो लाठीचार्ज

राम्रो अनलाइन     १९ माघ २०७७, सोमबार
ईश्वर पोखरेलमाथि नुवाकोटमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताको अवरोध, प्रहरीले गर्‍यो लाठीचार्ज

नुवाकोट पुगेका उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेललाई प्रचण्ड-नेपाल समूहले अवरोध पुर्‍याएपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

सोमबार बिहान करिब साढे १० बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका थिए।

लगत्तै नुवाकोट विदुर नगरपालिकाको बजारमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले सडकमै कालो झण्डा बोकेर नाराबाजी गरेर उनको बाटो छेकेका थिए। उनीहरूले अवरोध पुर्‍याएपछि प्रहरीले लाठीचार्ज गरेको  जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायब उपरीक्षक हरि ओलीले बताए।

अहिले पोखरेल कार्यक्रमस्थल पुगिसकेको बताइएको छ । 

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधसभा विघटनको सिफारिस गरेसँगै नेकपामा दुई चिरा भएको छ । त्यसैको असर नुवाकोटमा देखिएको हो ।

प्रतिक्रिया