हङकङमा ‘गाउँ आएको बाटो’को विषेश प्रदर्शन सम्पन्न

राम्रो अनलाइन     ०६ कात्तिक २०८१, मङ्गलबार
हङकङमा ‘गाउँ आएको बाटो’को विषेश प्रदर्शन सम्पन्न

 

काठमाडाैं – नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को हङकङमा विषेश प्रदर्शन सम्पन्न भएको छ। हङकङको गोल्डेन सिन सिनेमाको हलमा हङकङ समयअनुसार आइतबार दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म १२ शोमा बाँडेर चलचित्र देखाइएको हो।

चलचित्र प्रदर्शनअघि औपचारिक कार्यक्रम पनि राखिएको थियो। कार्यक्रममा चलचित्रका निर्देशक नवीन सुब्बा, अभिनेत्री पशुपति राई, बालकलाकार प्रसन राई, लाइन प्रोड्युसर मिङ्सो लिम्बूलगायत सहभागी थिए।

त्यस्तै, कार्यक्रममा हङकङको महावाणिज्य दूत डा. उदयबहादुर राना, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, हङकङ किरात राई योयोक्खाका प्रतिनिधि, कलाकार, साहित्यकार तथा विभिन्न नेपाली संघ संस्था प्रतिनिधिहरुको उल्लेखिय उपस्थिति रहेको थियो।

प्रतिक्रिया