गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ लाई सिफारिश

राम्रो अनलाइन     ११ जेठ २०७८, मङ्गलबार
गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ लाई सिफारिश

पोखरा, ११ जेठ : गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ गते आइतबार दिनको १ बजे आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष सिफारिश गरेको छ । 

गण्डकी प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले  नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आव्हान गर्न प्रदेश प्रमूख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले जानकारी दिए । प्रवक्ता बस्नेतका अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश सरकारले उक्त सिफारिस गरेको हो । 

यसअघि वैशाख २ गते विपक्षी दलहरुले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै तत्कालिन प्रदेश प्रमुख  अमिक शेरचन समक्ष निवेदन बुझाएका थिए ।

प्रदेश प्रमूख शेरचनले वैशाख १३ गते सोमबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका थिए । त्यस दिन जनमोर्चाका एक प्रदेससभा सदस्य सम्पर्कमा नआएपछि बैठक स्थगित भएको थियो  ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकको अर्को निर्णय भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रदेश सडक सम्बन्धी विधेयकको निर्माणको सैद्धान्तिक स्वीकृत दिएको छ ।  

प्रतिक्रिया